जिल्ला अस्पताल ताप्लेजुङ नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट १५ शैयाको स्वीकृत दरबन्दी प्राप्त प्रादेशिक अस्पताल हो । सरकारी अस्पतालको वर्गिकरणमा यस अस्पताल प्राथमिक अस्पताल ( Primary Hospital ) अन्तर्गत पर्दछ । लगभग ३० रोपनी जग्गामा फैलिएको यस अस्पताल भौगोलिक रुपमा विकट ताप्लेजूङ जिल्लाको फुङलिङ नगरपालिका वार्ड नं. ६ मा अवस्थित छ । हाल, प्रदेश सरकार र अस्पताल संचालन र व्यव्स्थापन समितिको श्रोतबाट ३८ शैय्या संचालनमा रहेको छ । लगभग १३०६४९ Target Population रहेको ताप्लेजुङ जिल्लाका अधिकांस जनसंख्या यस अस्पतालबाट लाभान्वित भएका छन् ।

यो अस्पताल वि.स. २०३५ सालमा १५ शैयाको अस्पतालको रुपमा स्थापना भई हाल १५ शैयाको स्वीकृत दरबन्दीमा नै मान्यता रहे पनि ५० शैयाको लागि स्तरोउन्नतीको रुपमा शिलान्यास गरि हाल ५० शैया अस्पताल भवन निर्माण भइरहेको छ । हाल यस अस्पतालले बहिरङ्ग सेवा ,अन्तरङ्ग सेवा ,आकस्मिक सेवा, प्रयोगशाला सेवा, रेडियोलोजी सेवा, फार्मेसी सेवा, प्रसुति सेवा, शल्यक्रिया द्धारा प्रसुति सेवा, सामान्य शल्यक्रिया सेवा ,सुरक्षित गर्भपतन सेवा, लैंङ्गिक हिंसासँग सम्बन्धित एकद्वार संकट व्यवस्थापन केन्द्र, विशेष नवजात शिशु कक्ष सेवा , सामाजिक सेवा एकाइ,जेष्ठ नागरिक सेवा
,मेडिकल लिगल, सुत्केरी तथा गर्भवती महिलाहरुको लागि कुरुवाघरको सेवा ,MCH Clinic, ART सेवा,पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्ग सेवा ,अक्सिजन प्लान्ट , निशुल्क गर्भवती चेकजाँच तथा दश बर्ष मुनिका बच्चाहरुको सेवा प्रदान गरिरहेको छ।