स्वास्थ्य कार्यालय, ताप्लेजुङ कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य निर्देशनालयको प्रत्यक्ष निर्देशन तथा नियन्त्रणमा रही जिल्लाभर स्वास्थ्य सेवा प्रवाह गर्ने प्रमुख निकाय हो।

संघीय संरचना अनुसार साविकको जिल्ला स्वास्थ्य कार्यालयलाई परिमार्जन गरी हाल यसलाई प्रदेश सरकार मातहतको जिम्मेवार कार्यालयको रूपमा स्थापना गरिएको हो। यस कार्यालयले ताप्लेजुङ जिल्लाका नागरिकहरूको स्वास्थ्य स्तर उकास्न र गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न निरन्तर कार्य गरिरहेको छ।

हाम्रा मुख्य कार्य तथा जिम्मेवारीहरू

जिल्लाको समग्र जनस्वास्थ्यलाई ध्यानमा राख्दै यस कार्यालयले निम्न बमोजिमका कार्यहरूलाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएको छ:

  • खोप तथा परिवार नियोजन: "पूर्ण खोप" को अवधारणालाई आत्मसाथ गर्दै खोप सेवाको विस्तार र सुरक्षित परिवार नियोजन सेवाहरूको पहुँच सुनिश्चित गर्ने।

  • मातृ तथा शिशु स्वास्थ्य: सुरक्षित मातृत्व र नवजात शिशुको स्वास्थ्य रक्षाका लागि विभिन्न निरोधात्मक र प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने।

  • रोग नियन्त्रण तथा महामारी व्यवस्थापन: सरुवा तथा नसर्ने रोगहरूको रोकथाम, महामारी नियन्त्रण र आकस्मिक स्वास्थ्य अवस्थाको प्रभावकारी व्यवस्थापन गर्ने।

  • स्वास्थ्य प्रवर्द्धन र सरसफाइ: जनचेतनामूलक कार्यक्रमहरू मार्फत स्वास्थ्य, सरसफाइ र पोषणको अवस्थामा सुधार ल्याउने।

  • स्थानीय तहसँग समन्वय: जिल्लाका स्थानीय तहहरूलाई स्वास्थ्य नीति कार्यान्वयनमा आवश्यक प्राविधिक सहयोग, परामर्श र समन्वय प्रदान गर्ने।