आ.व २०८२/८३ को बार्षिक समीक्षा तथा गोष्ठी कार्यक्रम सम्पन्न

Government of Nepal

मिति २०८३ साल श्रावण २५ र २६ गते स्वास्थ्य कार्यालय, ताप्लेजुङको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको दुई दिने "वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी" भव्यताका साथ सम्पन्न भएको छ। कार्यालय प्रमुख श्री सुमन तिवारीको अध्यक्षता तथा कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत श्री रेवा कृष्ण थापाको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा ताप्लेजुङ जिल्लाका ९ वटै स्थानीय तह, जिल्ला अस्पताल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तथा विभिन्न गैर-सरकारी स्वास्थ्य संघ-संस्थाहरूको सक्रिय सहभागिता रहेको थियो।